सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
वीरेन्द्रनगरस्थित डिभी निकेतन स्कुलको बस विद्यार्थी पुर्याउन जाँदै गर्दा वीरेन्द्रनगर ७ र ८ को बीचमा पर्ने इत्राम खोलामा दुर्घटना हुँदा विद्यार्थीसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र बीर विश्वकर्माले जानकारी दिए।
उनका अनुसार कर्णाली प्रदेश ०२–००१ क ०७६९ नम्बरको बस ४ बजेर ४० मिनेटमा खोलामा तर्ने क्रममा चिप्लिएर बस खसेको हो।
यस्तै, खोलामा गाडी तर्न बनाइएको स्लोपबाट बस चिप्लिएको हो। घाइतेहरुको देउती अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको देउती अस्पतालमा उपचार भइरहेको छ।
Discussion about this post