गोलबजारमा अपरिचित युवकको शव भेटीयो एक जना पक्राउ

हरियो पाटी

हरियो पाटी

558
SHARES
764
VIEWS

सिरहा, २१ साउन। सिरहाको गोलबजारमा अपरिचित व्यक्तिको शव सोमबार विहान फेला परेको छ। गोलबजार नगरपालिका १ वहिरीवाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा करिव ३२ वर्षिय युवकको शव फेला परेको हो।

मृतकको परीचय नखुलेपनि उनी धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएको भन्ने स्थानीयहरुले जनाएको छ। उनी भारतीय नागरिक भएको स्थानीयको भनाई छ। घटना सङ्कास्प्द रहेको उनीहरुको कथन रहेको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमकोलागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रदेशीक अस्पताल पठाएको जानकारी दिए।

उनले घटनाको अनुसन्धान भईरहेकोले तत्काल केही बताउन नसकिने बताउँदै पोष्टमार्टम पछि मात्र केही भन्न सकिने बताए । घटनामा संलग्न रहेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। तर, प्रहरीले यस विषयमा केही खुलान चाहेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित