पर्यावरण जोगाउन वृक्षारोपण नगर प्रमुख श्रेष्ठ

हरियो पाटी

हरियो पाटी

597
SHARES
818
VIEWS

साउन १९ सिरहा । सिरहा रुख बिरुवा मासिँदै गएको कारणले पर्यावरणमा गम्भिर असर पर्न थालेको भन्दै गाेबजार नगरपालिकाका युवा र जनप्रति निधिहरुले पर्यावरण जोगाउन सक्रियता देखाएका छन् ।नगर प्रमुख श्याम कुमार श्रेष्ठको प्रमुख अगुवाइमा नमो बुद्ध युवा कलबका युवाहरु र जन प्रतिनिधिहरुले नगर क्षेत्रमा रहेको खाली जमिनहरुमा वृक्षारोपण गरि बिरुवा संरक्षण गर्ने अभियान सुरु गरेका छन्।

आज गाेलबजार नगरपालिका १० स्थित घुर्मी किनारमा वृक्षारोपण गरिएको छ । गोलबजार नगरपालिका नगरप्रमुख श्याम कुमार श्रेष्ठले पर्यावरण संरक्षणमा सबैको सहयोग र साथ जरुरी रहेको बताएका छन ।नदी कटान र पर्यावरणीय क्षती कम गर्न वृक्षारोपण जरुरी रहेको वडा अध्यक्ष उपेन्द्र मुखियाले बताएका छन ।    पहिलो चरणमा मसला,सिरिस, अमला, अशोक, लगायत प्रजातीका चार सय बिरुवा रोपिएको जनाएको छ ।उनले बिरुवाको संरक्षणसँगै अन्य स्थानमा पनि वृक्षारोपणको कामलाई निरन्तरता दिँदै लैजाने बताएका छन् ।नगरप्रमुख श्याम कुमार श्रेष्ठले युवाहरूलाई धन्यवाद दिदै बढ्दो बायु प्रदुषण कम गर्न र भविश्यका सन्ततीहरुको बाँच्न पाउने आधार आजैदेखी सुनिश्चित गर्न वातावरण र रुख बिरुवाको महत्व सबैलाई बुझाउन पनि जरुरी रहेकाे बताउदै यो अभियान प्रभावकारी बन्ने अपेक्षा गरिएको बताए ।कार्यक्रममा शसस्त्र र नेपाल प्रहरी लगायतका स्थानीय  युवाहरुको सहभागीतामा वृक्षारोपण कार्याक्रममा सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित