लिलानाथ श्रेष्ठ स्थायी कमिटी सदस्य मनोनीत

Picture of हरियो पाटी

हरियो पाटी

551
SHARES
755
VIEWS

सिरहा । नेकपा एमालेले २ जना नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्ने निर्णय गरेको छ।  बिहीबार बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ हाल पार्टीको मधेस प्रदेशका पोलिटब्युरो सदस्य रहेकामा एमालेले स्थायी कमिटी सदस्य र मधेस प्रदेशको इन्चार्ज बनाएको हो ।  न्यौपाने केही अघि नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमै फर्किएका थिए ।

लिलानाथ श्रेष्ठ एक नेपाली राजनीतिज्ञ, पूर्व मन्त्री र सङ्घीय संसद प्रतिनिधि सभाका सदस्य हुन्। उनी पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुनुका साथै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पनि थिए।

विद्यार्थीका रूपमा राजनीतिमा लागेका उनी सिरहा जिल्लाका प्रमुख कम्युनिष्ट राजनीतिज्ञ बनेका छन् ।

वि. सं. २०७० को संविधानसभा निर्वाचनमा पराजित भएता पनि उनले वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिराहा ३ निर्वाचन क्षेत्रबाट विजयी हुँदै संसद भवनसम्मको यात्रा तय गरेका थिए ।

श्रेष्ठले माओवादीका विश्वनाथ साहलाइ ११८२ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित