काठमाडौं – शनिबार राति ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको खेन्जिम भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
केन्द्रका अनुसार राति १० बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको छ । यसअघि साउन २ गते ३.९ म्याग्निच्युडको भूकम्पले रसुवा हल्लाएको थियो ।
Discussion about this post