सिरहामा वन अतिक्रमण गरी बनाइएको घरमा डोज

हरियो पाटी

हरियो पाटी

528
SHARES
723
VIEWS

१२ साउन। सिरहामा राजनीतिक संरक्षणमा वषौंदेखि वनको जमिन अतिक्रमन गरेर व्यक्तिले बनाएको घर टहरा वन कार्यालयले आज भत्काएको छ ।सिरहाको नरहा गाउँपालिका ३ जोवहा प्राकृतिक सामुदायिक वन क्षेत्रको दुई हेक्टर जमिन अतिक्रमणगरी वनाएको घर तथा टहराहरु डिभिजनल वन कार्यालय सिरहा, लहानले भत्काएको हो ।

राजनीतिक संरक्षणमा वषौंदेखि वनको जग्गा अतिक्रमण गरेर मदिरा पसल सञ्चालन गर्दै आएका पाँच परिवारका पक्की तथा खरका घरहरु कानुन बमोजिम खाली गराएको डिभिजनल वन कार्यालय सिरहा, लहानका प्रमुख अधिकृत सुजीत कुमार झाले जानकारी दिए ।

वन कर्मचारी, सामुदायिक वनका पदाधीकारी र अन्य सुरक्षा कर्मीको सहयोगमा घर खाली गराउने र डोजर लगाएर भत्काउनेकाम भएको वन अधिकृत झाले बताए ।

वन कार्यालयले पटक पटक जमिन खाली गरान लिखित जानकारी गराउँदा पनि अटेरी गरेपछि आज वल प्रयोग गर्नु परेको प्रमुख झाको कथन थियो।वन कार्यालयको मुख्य जिम्मेवारी नै वन संरक्षण गर्नु भएको बताउँदै झाले सोही कार्य अनुसार आज अतिक्रमित जमिन खाली गराएको बताए ।

विभिन्न दलका नेताहरुको आडमा नरेन्द्र खड्का, पर्शुराम राई,कल्पना तामाङ, अनिता सार्की, रामकुमार राईले वनको जमिन अतिक्रमणगरेर मदिरा पसल चलाउँदै आएका थिए । पूर्व पश्चिम राजमार्गसँग जोडिएको र सँगै रहेको नेपाली सेनाको व्यारेकको आडमा उनीहरुले व्यवसाय चलाउँदै आएको स्थानीय पुनित यादवले बताए ।

वन समिति र वन कार्यालयले दशकौं देखि जमिन खाली गराउने प्रयास गरेको भएपनि सकिरहेको थिएन । यो पटक वन कार्यालय, सामुदायिक वन, स्थानीय र प्रदेश सरकारको सक्रियतामा जमिन खालि गराएइएको डिभिजनल वन कार्यालय सिरहा, लहानका प्रमुख अधिकृत सुजीत कुमार झाले जानकारी दिए ।

प्रमुख झाले मारुति सिमेन्ट उद्योग र सौर्या सिमेन्ट उद्योगले अतिक्रमण गरेको जमिनहरुको विषयमा पनि प्रकृया अगाडी बढी रहेको बताउँदै उनले भने,हामी प्रकृयामा छौं, मारुति सिमेन्ट उद्योगले सुकुम्वासी आयोगद्वारा व्यक्तिको नाममा गएको जमिन खरिद गरेको देखाएको छ ।

त्यसको दर्ता खारेजी भईसकेको छ । अव बाँकी प्रकृया पुरा भएपछि त्यो पनि खालि हुन्छ ।
जिल्लामा २७ हजार ९ सय ७ हेक्टर वन क्षेत्र रहेको छ । हाल सिरहामा राजनीतिक संरक्षणमा ४ हजार हेक्टरभन्दा बढी जमिन अतिक्रमणमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित