गोलबजारमा डुबेर जेष्ठ नागरिकको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

656
SHARES
899
VIEWS

सिरहा, ४ साउन। सिरहाको गोलबजारमा इँटा उद्योगले खनेको खाल्डोमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

गोलबजार नगरपालिका ८ वलकावा सीडीयोटोल नजीकको सगुन इँटा उद्योगले इँटा बनाउन खनेको खोल्डोमा डुवेर स्थानीय करिव ६० वर्षको मनोज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको हो।

गत बुधवार देखि हराएको थापाको शव घर नजिकै रहेको खाल्डोमा घोप्टो परेर तैरिरहेका अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिए। परीवारले हराएपछि विभिन्न ठाउँमा खोजी तलासी गरेपनि आज मृत फेला परेको जनाएको छ।

सगुन इँटा उद्योग स्थानिय रामसगुन यादवको रहेको प्रहरीले जनाएको छ । शव लाई पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान लगिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

सिरहामा जठाभावी गाउँ नजीकै खनेको खाल्डो र ग्राभेल उत्खननगर्नेहरुले खनेको खाल्डोमा डुवेर वर्षेनी मानिस मर्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित