चोहर्वामा करेन्ट लागेर एक युवकको मृत्यु

हरियो पाटी

हरियो पाटी

670
SHARES
918
VIEWS

सिरहा, २७ असार। सिरहामा विद्युतिय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। एक जना घाइते भएको छ । गोलबजार नगरपालिका ८ चोहर्वाका करिव २५ वर्षिय इश्वर प्रसाद सिंहको आफ्नै घरको विद्युतिय मिटर मर्मत गर्ने क्रममा करेन्ट लागेर आज अपरान्ह ज्यान गएको प्रहरीले जनाएको हो। उहाँ संगै रहेका स्थानीय २५वर्षिय सर्वन महतो घाइते भएको प्रहरीले जनाएको छ । घाइते मह्तोको स्थानीय कबिर मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

पानीका कारण विद्युतको मिटरमा आगोलागेर घरमा विद्युत प्रवाह बन्दभएले मर्मतगर्ने क्रममा करेन्ट लागेर वेहोस भएका सिंहलाई उपचारको लागि गोलबजारस्थित लाईफ लङ्ग हेल्थ केयर सेन्टरमा लागि पुर्याएको प्रहरीले जनाएको छ। अस्पताल पुर्याएपनि उनको बाटोमा नै मृत्यु भईसकेको अस्प्तालले जनाएको छ।
उनी आफै विद्युत प्राविधिक समेत रहेको स्थानीय सन्तोष रायले बताए।
उनको शव पोष्टमार्टमकोलागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले जनाएको छ ।

गत शनिवार पनि गोलबजार नपा ५ र वरियारपट्टीमा करेन्ट लागेर दुई जनाएको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित