हामीबीच कुनै विवाद छैन नगर प्रमुख श्रेष्ठ

हरियो पाटी

हरियो पाटी

561
SHARES
768
VIEWS

असार २५ सिरहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले आफू र उपमेयर मान्ती साहबीच कुनै विवाद नरहेको बताएका छन् । उनले मेयर र उपमेयरबीच बेमेल रहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका हुन् ।

केही अन्लाईनमा प्रकाशित ‘हिसाब नमिल्दै एमालेका मेयर र उपमेयरबीच बेमेल’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै नगर प्रमुख श्रेष्ठले खण्डन गरेका छन् । समाचारमा मेयर र उपमेयरबीच कमिशनबारे विवाद हुँदा भुक्तानीमा समस्या आएको उल्लेख छ तर सबै मिथ्या रहेको बताए । त्यस्तै, मेयरसँग कुरा नमिलेको फाइलमा उपमेयरले हस्ताक्षर गर्न नमानेको भन्ने समाचारमा पनि कुनै सत्यता नरहेको बताए ।

नगर प्रमुख श्रेष्ठले भने, समाचारमा उल्लेखित विषयवस्तुमा कुनै सत्यता छैन । उपमेयरसँग मेरो कुनैपनि मतभिन्नता छैन । समाचारमा लेखिएका केही शब्दप्रति आपत्ति जनाउँदै  । हुँदै नभएको विषयलाई ‘जाल बुनेर’ समाचारको रंग दिइएको भन्दै उनले दुःखेसो पोखे ।

उपमेयर साहले पनि उक्त समाचारप्रति आपत्ति जनाएकी छिन् । ‘असत्य समाचार’ उपमेयरले भनिन्, ‘त्यो कुरा कहाँबाट आयो म आश्चर्यचकित छु । हुँदै नभएको विषय उल्लेख छ । मेयरसँग विवाद भएको, कमिसनको कुरा नमिलेको भन्ने सबै कुरा गलत हुन् बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित