पूर्वी र मध्य क्षेत्रमा राति ठूलो वर्षा

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

सिरहा – गएराति देशका पूर्वी र मध्य क्षेत्रमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पछिल्लो ६ घण्टामा मोरङको केराबारीमा सबैभन्दा धेरै ८३ मिलिमिटर र सिन्धुपाल्चोकको बाह्रबिसेमा ८० मिलिमिटर पानी परेको छ ।

यस्तै, झापा, मोरङ, सुनसरी,सिराहा, सिन्धुली, उदयपुर, गोरखा, कास्की, कपिलवस्तु र दाङमा ठूलो पानी परेको छ । तर हिजो दिउँसोदेखि भने देशका सबैजसो नदीमा पानीको बहाव कम भएको छ । अहिले कुनै पनि नदी र खोला सतर्कताको तहमा नपुगेका विभागले जनाएको छ ।

हिजोदेखि मनसुन विस्तारै निष्कृय हुन थालेको छ । अब देशका सबैजसो भूभागमा एकै पटक वर्षा कम हुने विभागको अनुमान छ ।  तर केही केही ठाउँमा भने ठूलो वर्षा पनि हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित