सिरहामा रासायनिक मलकाे अभाव नहुने

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

लहान २१ समाधान कृषि सहकारीका अध्यक्ष गिरिजा देवी यादवले मलखाद्यको अभाव नभएपनि पहुँच भएका किसानहरुले अवाश्यक्ता भन्दा बढी मल थुपार्ने र जनप्रतिनिधिहरुले सयौं बोरा मल आफ्नो सिफारिसमा वितरण गर्ने आफ्नो दलको नेता कार्यकर्तालाई बढी दिइने विपक्षी दलललाई आवश्यक्ता अनुसार मल नदिँदा कृत्रिम रुपमा समस्या सृजना हुने गरेको बताउनुभयो। “कुन वडामा बढी किसान रहेको छ त्यस आधारमा मलको कोटा सहकारीहरुलाई दिनुपर्नेमा त्यस्तो भरपर्दो वितरण नीति नअपनाउँदा समस्या रहेको छ”, उहाँले भन्नुभयो।

सिरहा जिल्लामा रहेको ११९ वटा कृषि सहकारीहरुबाट सिरहाका १७ वटै पालिकाका किसानहरुलाई मलखाद्य आपूर्ति भइरहेको लहान शाखाका प्रबन्धक पौडेलले भन्दै अनुगमन गर्नुपर्ने स्थानीय तह पालिकाहरुले मलखाद्य वितरणको लागि पारदर्शी प्रक्रिया नअपनाउँदा प्रर्याप्त मलखाद्य वितरण गरिएपनि समस्या हुने गरेको र गुनासो आउने गरेको बताउनुभयो।

मलखाद्य वितरणमा स्थानीय तह पालिकाहरुमा जुन दलका जनप्रतिनिधिको वर्चस्व छ ती दलका नजिक रहेका कृषि सहकारीहरुले मल बिक्री गरिरहेको पाएकोले फरक दलका नेता कार्याकर्ता किसानहरुले मल पाउन ठूलो सास्ती बेहाेर्नुपरिरहेको लहान–२१ का भोरिल यादवले गुनासो पोख्नुभयो। भोरिल यादवको जस्तै सिरहाका १७ वटै पालिकाहरुबाट किसानहरुको गुनासो आइरहेको छ । धानबाली लगाउने समयमा पर्याप्त मल पाउँदा कति पहुँचवाला किसानहरुले गहुँ बालीको लागि समेत मल भण्डारण गरिरहेकोले निम्नवर्गीय किसानहरुले मल पाउन नसकिरहेको समस्या अहिले पनि देखिएको गुनासो विगत वर्षहरुदेखि उठे पनि समस्या समाधान हुन अधिकांश  नसकेको कृषकहरुले गुनासो पोख्नुभयो।

पालिका प्रमुखहरुले सयौं बोरा मल आफ्नो सिफरिसमा वितरण गर्ने, आफ्नो नजिकको नेता कार्यकर्ताहरुलाई आवश्यकभन्दा बढी मलको सिफारिस दिएर थुपार्ने अभाव सृजना भएपछि बढी रकम लिएर मल बिक्री गर्ने समस्यालाई समाधानका लागि नियमित अनुगमन आवश्यक रहेकोले अनुगमन गर्ने निकायहरु निष्क्रिय हुँदा किसानहरु मारमा पर्ने गरेको नेपाल राष्ट्रिय कृषक महासङ्घ सिरहाका अध्यक्ष प्रदीप सिंह दनुवारले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित