सिराहा । गोलबजार नगरपालिका-५ निपाने टोल बस्ने ७२ वर्षीय कपिलदेव साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिक रहेको चापा कलमा जडान गरिएको इलेक्ट्रिक मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वर्धमान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सिराहा, बरियारपट्टी गाउँपालिका-४ तेनुवापट्टी बस्ने ४० वर्षीय श्यामसुन्दर यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । खेतमा जडान गरेको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी बाट
Discussion about this post