सिरहामा ट्रककाे ठक्करबाट काका भतिजाकाे घटनास्थलमै मृत्यु

हरियो पाटी

हरियो पाटी

569
SHARES
779
VIEWS

सिरहा, १ असार । सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ७ कसहामा ट्रक र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतिर आउदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र विपरित दिशाबाट आईहेको स. ५ प १९९० नम्बरको मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढीमाइ ८ का ३१ वर्षिय राजेश्वर यादब र ८ वर्षिय लालबाबु यादब रहेका दुबै जना काका भतिजा हुन। जिल्ला प्रहरी कार्यलय सिरहाका एसपी रमेश पडिण्तले जानकरी दिए । दुर्घटनामा परि ज्यान गुमाएका परिवार र आक्रोसित स्थानीयले पुर्वपश्चिम राजमार्ग केहिबेर चक्काजाम गरेका थिए ।

मृत्यु भएका दुबैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ । ट्रक र चालक प्रहरिको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका एसपी रमेश पडिण्तले जनाएको छ ।

आज बिहान पनि सिरहामा मोटरसाइकल दुर्घटनामा परिएक जनाको मृत्यु भएको छ भने, तीन जाना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भिर रहेको एसपी पडिण्तले जानकरी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित