सिरहा, १ असार
सिरहामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, तीन जाना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाकुले जानकारी दिए ।
आफैले चलाएको स,६ प् ४७५३ नम्बरको मोटरसाइकल अत्यधिक गतिकाकारण दुर्घटनाहुँदा नरहा गाउँपालिका १ देविपुरका करिव २५ वर्षिय सीताराम दासको उपचारको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ नयाँ चोहर्वादेखि पश्चिम अत्यधिक गतिमा चारजना सवार मोटरसाइकल आफै दुर्घटनामा परेको डीएसपी पञ्चकुमार बाकुलेले जानकारी दिए ।
उनका अनुसार दुर्घटना लगतै प्रहरीको सहयोगमा दुई जना घाइतेहरुलाई गोलबजारस्थित लाईफलङ्ग अस्पताल र दुई जनालाई भूमिजा अस्पताल पुर्याएका थिए ।
मृतक दासको टाउकोमा गम्भिर चोट लागेका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
लाईफलङ्ग अस्पतालमा उपचाररत मध्ये दासको उपचारको क्रममा आज शनिवार विहान मृत्यु भएको हो । अर्का गम्भिर घाईते मिर्चैया नपा २ का बाबुलाल मण्डलललाई थप उपचारको लागि विराटनगर पठाइएको छ । अन्य दुईजनाको भूमिजामा उपचार भईरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतक दासकाे शव पोस्टमाडमकाे लागि प्रादेशिक अस्पताल लहानमा राखीएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
Discussion about this post