कैलाश सिरोहियालाई लगियो धनुषा

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यलय  धनुषामा राखीएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई गाडीमा धनुषा पठाइएको बताए।

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनको नागरिकता नम्बर अर्को एक जना व्यक्तिसँग मिलेको र फरकफरक ठाउँमा फरकफरक नागरिकता पेश गरेको हुँदा पक्राउ गरिएको डिएसपी अवाले बताए।

वैशाख १७ गते जाहेरी परेको थियो। मंगलबार जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित