मामा घरबाट वेपत्ता भएकी दिदीबहिनी भारतमा भेटिइन

Picture of हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

राजबिराज – राजविराजबाट वेपत्ता १८ वर्षीया रिंकी र १९ वर्षीया पिंकी (दिदीबहिनी) ११ दिनपछि फेला परेकी छन् । खोजी गर्ने क्रममा प्राप्त सूचनाको आधारमा मंगलबार बिहान भारतको बृन्दावनबाट दिदीबहिनी फेला परेको परिवारजनले जनाएको छ ।

भारतको बिहार राज्य दरभंगा जिल्ला जाले ग्राम पञ्चायत निवासी दिदीबहिनी रिंकी यादव र पिंकी यादव राजविराज ७ खरसाल टोल बस्ने मामा अशोक यादवको घरमा बैवाहिक कार्यक्रममा सरिक हुन आएको बेला बैशाख २१ गतेदेखि सम्पर्कबिहीन भएकी थिइन् । मामाको छोराको विवाह कार्यक्रममा आएकी दिदीबहिनीको बैशाख २० गते आमा देवकी देवीसँग विवाद भएको थियो ।

सोही कारणले कसैलाई कुनै जानकारी नदिई भान्जीहरु बैशाख २१ गते घरबाट निस्केको मामा अशोकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा समेत जानकारी गराएका थिए । सम्पर्कबिहीन भएको दिनदेखि नै दिदीबहिनीले बोकेको मोबाइलको पनि स्विच अफ भएपछि सशंकित भएका परिवारजनले हुलिया विवरणसहित खोजीकार्य जारी राखेको बेला उनीहरु भारतको बृन्दावन शहरमा भेटिएको परिवारजन मार्फत बुझिन आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

मामा अशोकले आमासँग भएको सामान्य विवादका कारण आक्रोशमा भान्जीहरु रिंकी र पिंकी कसैलाई केही नभनी अटोबाट सीमावर्ती भारतीय बजार निर्मली र त्यसपछि रेलचढी बृन्दावन पुगेको बताए । भान्जीले बोकेको मोवाइल चालु भएपछि सम्पर्क भएको र सोही आधारमा बृन्दावन पुगेर फेला पार्न सकिएको मामा अशोकले बताए । बृन्दावनको एक धर्मशालाबाट उनीहरु सकुशल अवस्थामा फेला परेको परिवारजनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित