तीन महिना नपुग्दै तानिए सिराहाका प्रहरी प्रमुख आचार्य

हरियो पाटी

हरियो पाटी

541
SHARES
741
VIEWS

२४ वैशाख, सिरहा । प्रहरी प्रधान कार्यालयले सिराहा र इलामका प्रहरी प्रमुख परिवर्तन गरेको छ ।

इलामका एसपी वासुदेव खतिवडा र सिराहाका एसपी सन्तोष आचार्यलाई फिर्ता बोलाइएको हो । सिराहामा रमेश पण्डितलाई पठाइएको छ । इलाममा कसलाई पठाउने टुंगो लागिसकेको छैन ।

सिराहामा आचार्यलाई १ फागुनको सरुवामा पठाइएको थियो । इलामका खतिवडाको पनि एक वर्ष अवधि नपुग्दै सरुवा गरिएको हो । उनीहरुलाई हटाउनुको कारणबारे प्रहरी प्रधान कार्यालयले बताएको छैन ।
यसअघि २३ चैत २०८० मा पनि समय नपुग्दै ७ जिल्लाका एसपीहरु हटाइएका थिए । तीमध्ये कतिपय एसपी विवादास्पद छविका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1