झापामा । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेका एक छात्रामाथि आक्रमण भएको छ । आक्रमण परेर १८ वर्षका एनिका अधिकारी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।
उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । उनको पेटमा गोलीको छर्रा जस्तो वस्तु लागेको छ । तर यकिन नभएको प्रहरीले जनाएको छ ।
Discussion about this post