गोलबजारका किसानलाई अनुदानमा चार्जेवल स्प्रेयर

हरियो पाटी

हरियो पाटी

579
SHARES
793
VIEWS
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; module: video; hw-remosaic: false; touch: (-1.0, -1.0); sceneMode: 0; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 0.0; aec_lux_index: 0; albedo: ; confidence: ; motionLevel: -1; weatherinfo: null; temperature: 44;

बैशाख २० सिरहा गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई स्प्रेयर ट्याङ्की वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रम बमोजिम कृषि शाखाले ५० प्रतिशत अनुदानमा दुई सय ३७ जना किसानलाई स्प्रेयर ट्याङ्की वितरण गरेको हो ।

कृषि शाखाले गत चैत १९ गते प्रकाशित सूचना अबधिभित्र निवेदन दिएकामध्ये दुई सय ३७ जनालाई चार्जेवल न्यायपस्याक स्प्रेयर वितरण गरिएको नगर प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए ।
उहाका अनुसार तोकिएको समयभित्र दुई सय ८० जनाले आबेदन दिएका थिए ।

जसमध्ये पालिकाको स्वीकृत बजेटको आधारमा वितरण गरिएको जनाए । भ्याट सहित चारहजारमा खरिदगरेको चार्जेवल न्यायपस्याक स्प्रेयर किसानले दुई हजार र नगरपालिकाले दुई हजार लगानी गरेर खरिद गरिएको कृषि शाखा प्रमुख वीरेन्द्र यादवले जानकारी दिए ।

शाखाले औपचारिक कार्यक्रमको आयोजना गरी नगर प्रमुख श्याम कुमार श्रेष्ठले किसानलाई स्पे्रयर हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1