सिरहा बैशाख १९सिरहा आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदै छ । गाेलबजारले एक कार्यक्रमको आयोजनागरि नगर भित्र रहेका मजदुर (श्रमिक)हरुलाइ सम्मान गरेका छन उनिहरुलाइ गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले खाद्वा र अबिर लगाएर सम्मान गरेको मजदुर संगठन गोलबजार ९का वडा संयोजक शिवराम महताेले बताएका छन ।

वडा संयोजक महतोका अनुसार गोलबजार नगरपालिकाले हामी मजदुर (श्रमिक)हरुलाइ सम्मान गरेकोमा नगर प्रमुखलाई धन्यवाद समेत व्यक्त गरेकाछन । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् ।
नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ ।


















Discussion about this post