सिरहामा आफ्नै छोराको हत्या अभियोगमा आमा पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

553
SHARES
758
VIEWS
आफ्नै छाेराकाे हत्या गर्न तम्सेकी यी निर्दयी आमा

सिरहा, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई नियन्त्रणमा लिएको छ। सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ बस्दैआएकी ३४ वर्षिया सरीता कुमारी साहलाई पाँच वर्षिय छोरा आयुशको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

मंगलबार बिहान देखि नै आयुश देखा नपरेको भनि स्थानियले अपरान्ह १७: ३० बजे प्रहरीलाई जानकारी गराए लगदै इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरीले खोजतलासको क्रममा आफै सुत्ने बक्स पलङ्गको घर्राभित्र मृत अवस्थामा आयुश पोको पारी लुकाई राखेको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए।

अनुसन्धानको क्रममा तत्काल आयुसकी आमा रेखालाई प्रहरीले तत्काल नियन्त्रणमा लिई जिल्ला अदालत सिरहाबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीले आयुश हत्या कारणबारे केही बताएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित