गाेलबजारमा युवा संघ नेपालको तेश्रो नगर अधिबेशन सम्पन्न

हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

सिरहा बैशाख ४ – सिरहा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको तेश्रो गाेलबजार नगर अधिबेशन साेमबार सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल गाेलबजार नगर कमिटी अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षता तथा नेकपा एमालेका प्रतीनिधि सभा सदस्य तथा पुर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका विच नगर अधिबेशन सम्पन्न भएको हो ।गाेलबजार नगरपालिका ७ स्थित समुदायक भवनमा
साेमबार सम्पन्न राष्ट्रिय युवा संघ नेपालको तेस्रो नगर अधिबेशनले श्याम सुन्दर यादवको अध्यक्षतामा ३१ सदस्यीय गाेलबजार नगर कमिटी सर्बसहमत गठन भएको छ ।
नव गठित नगर कमिटिका पदाधिकारीहरुलाई राष्ट्रिय युवा संघ नेपालका जिल्ला इन्चार्ज बैज नाथ साहले सपथ ग्रहण गराएका थिए । कार्यक्रम मा बोल्दै नेकपा नेकपा एमालेका प्रतीनिधि सभा सदस्य तथा पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले युवाहरुले बिकृति बिसंगतिको अन्त्य गर्दै रास्ट्र निर्माणमा लाग्नु पर्ने बताए । युवाहरु समजका हरेक गतिविधिमा सक्रिय रुपमा लागि कुलतमा फसेका युवाहरुलाइ सहि मार्गमा ल्याउन प्रेरणादायी भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।मिसन २०८४ लाई सफल बनाउन युवाहरुको महत्वपूर्ण भुमिका रहने भएको बताउदै उनले आजैका मितिदेखि पार्टी संगठनलाई मजबुत बनाएर अगाडि बढ्न निर्देशन दिए ।अधिबेशनमा प्रदेश सभा सदस्य मनोज सिह गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठ राष्ट्रिय युवा संघ नेकपाकाे केन्द्रिय सदस्य सुमित कुमार श्रेष्ठ नगर अध्यक्ष राजकिसोर महतो राम चलित्र महतो एमाले जिल्ला कमिटी सदस्य लगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1