सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका -६ स्थित कडरबोना चौकमा गुडिरहेको एक बसमा आगलागी भएको छ ।
बिराटनगर बाट जनकपुर जादै गरेको ना. ७ ख. १२७८ नम्बरको मां दुर्गा डिल्कसमा यात्रुबाहक बसमा शनिबार राती करिब ८ बजे आगो लागेको जिल्ला प्रहरी कार्यलाय सप्तरीले जनाएको छ । बसमा सट सर्किट भएर आगलागी भएको हुन सकने प्रहरीको अनुमान छ।
घटनाको बिषयमा थप अनुसंधान भइरहेको जिल्ला प्रहरी सप्तरीले जनाएको छ । प्रहरीका अनुसार, एक्कासी ब्याट्री सर्ट भई बसको पछाडि भागको डिक्कीमा आगो लागेको थियो । आगलागीबाट बसको पछाडिको भाग र बायाँ ‘साइड’मा छति भएको हो ।
Discussion about this post