सिरहा , १६ चैत ।
रामभरोसी यादव । सिरहा एसइइको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र चोहर्वा परिक्षाकेन्द्र स्थानीय निजि बिद्यलय सिरहा पब्लिकको विद्यार्थीहरुले प्रश्नपत्र बाहिरिएको बुझिएको छ । प्रश्नपत्र फ्लाप बनाउन सकृय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरु कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यासछ्यास्ती बनाइएको छ । परीक्षा हल वरिपरी फोटोकापी मेसिन सहित चिट बनाउने टोलीहरु ब्ग्रेल्ती बसेका छन् । उनीहरुको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।
Discussion about this post