गोलबजार मेयर गोल्डकपकोे उद्घाटनमा बागमती विजयी

हरियो पाटी

हरियो पाटी

556
SHARES
762
VIEWS

सिरहा, १५ चैत । सिरहा सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्रिय फूटवल प्रतियोगिताको उद्घाटन खेलमा बागमती युवा कल्ब सर्लाही विजयि भएका छन् । गोलबजार २ खेल ग्राममा विहिवार भएको फूट बल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लवलाई १ को विरुद्ध २ गोलले पछिपार्दै बागमति युवा क्लव विजयी भएको हो ।
बागमती युवा कल्बका लागि खेलमा मध्यान्तर अघिनै जर्सी नम्जर ८ का खेलाडी राजु लामा जर्सी नम्वर ११ का खेलाडी कपिल मगरले १÷१ गोल गरेका थिए ।
मध्यान्तर पछि गोलबजार स्पोर्टस क्लवका तर्फबाट जर्सी नम्वर २३ का खेलाडी सनम थापाले १ गोल फर्काए ।
आज सम्पन्न खेलको म्यान अफ दी म्याच बागमती युवा कल्बका जर्सी नम्वर ८ का खेलाडी राजु लामा घोषित भए । उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले खेलले व्यक्ति, स्थान र राष्ट्रको परिचयलाई फराकीलो बनाउन मदत पुग्ने बताए ।

पछिल्ला दिनहरुमा नेपाली खेलजतले पनि फड्को मार्दै गरेको भन्दै खेल र खेलाडीको विकासमा आफ्नो तर्फबाट सकेको सवै कार्यगर्न तयार रहेको बताए ।
उनले खेल ग्रामको विकास पछिल्लो वर्षबाट गति कमजोर भएको भन्दै अवको दिनमा यहाँको पूर्वाधार विकासमा पनि आफ्नो पहल कदमी रहने बताए ।

उनले भेन हाम्रै मेहनतले यसको खेलमैदान निर्माणको काम यहाँ सम्म आएको हो । पछिल्लो वर्षबाट खेलग्रामको विकाले गति लिन सकेको छैन ।

अवको दिनमा मेरो तर्फबाट थप पहल हुने बताए ।
नगर प्रमुख श्याम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गरेका थिए । स्वागत वडा नम्वर ६ का अध्यक्ष तथा नगर प्रवक्ता संजित लामाले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधीकारी, विभिन्न सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, भोली १६ गतेको खेल मुनाल फुटवल क्लव विराटनगर र बिरगञ्ज यूनाईटेट पर्साविच हुने छ ।
१७ गतेको खेल चात्या सा पुस्तकालय दमक झापा र मकमानपुर १ हेडौडा र १८ गतेको खेल माँ कामाख्या स्पोर्टस क्लव भारतको यूपी बनारसविच हुने जनाएको छ। १९ र २० गते ८ वटा टिमबाट विजयी भएकाहरुविच सेमीफाईनल खेल हुने छ ।

प्रतियोगिताको फाईनल खेल २२ गते र एक दिन अघि २१ गते एक दिवसिय मैत्रीपूर्ण महिला पफूटवल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रत्यक खेलमा म्यान अफ दी म्याच घोषीत खेलाडीलाई तीन हजार नगर पुरस्कार प्रदान गरिने जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1