गाेलबजार नगरलाई सुनियोजित तरिकाले बदनाम गर्ने षडयन्त्र भइरहेको छ

हरियो पाटी

हरियो पाटी

574
SHARES
786
VIEWS

चैत ९ सिरहा – सिरहाकाे गोलबजार नगरपालिकाले विभिन्न सञ्चार माध्यम र अनलाइनले नगरपालिका विरुद्ध गलत समाचार सम्प्रेष्ण गरिएकोमा खेद प्रकट गरेको छ । शुक्रवार पत्रकारहरु संग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत श्री धर केसी र जनप्रतिनिधिहरुले विभिन्न सञ्चार माध्यम र अनलाइनले नगरपालिका विरुद्ध गलत समाचार सम्प्रेष्ण गरिएकोमा खेद प्रकट गरेको छ ।

वडाध्यक्षहरु बलकृष्ण गौतम, धन प्रसाद लामा , सोहेव अनवर , गणेश मुखिया र देव नारायण महतो तथा नगर प्रवक्ता समेत रहेका संजीत लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा नगरपालिका विरुद्ध गलत र भ्रामक समाचार प्रकाशित भएको उल्लेख गर्दै सहि तथ्य बुझेर मात्र  समाचार सम्प्रेष्ण गर्न अनुरोध गरेका छन ।

प्रेस विज्ञप्तीमा भनिएको छ ससम्मान निर्वातिच जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको मान मर्दन हुनेगरी नभएका विषयहरु पत्र पत्रिकामा प्रकाशित भएको र यस्ता भ्रामक ,तथ्यहीन र झुटा विषयमा विश्वास नगर्न आम नगरवासीलाई आग्रह गरिएको छ ।

नगरपालिकालाई सुनियोजित तरिकाले बदनाम गर्ने षडयन्त्र भइरहेको भन्दै  झुठको पछि नलाग्न समेत आग्रह गरेको छ । नगरको बिकास सबैको साझा बिकास भएकोले नगरको बिकासमा सबैको सहयोग जरुरी रहेको बताए । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत केसी आएपछि बिकासकाेकाममा रौनक्तादेखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1