सिरहाका इकाईप्रमुख यादव परीक्षाकेन्द्र परिवर्तनमा मोटोरकमको चलखेल

हरियो पाटी

हरियो पाटी

680
SHARES
931
VIEWS

सिरहा, चैत ८ गते । माध्यमिक शिक्षा परीक्षा एसइई इकाई प्रमुख शशी यादबले निजि बिद्यालय संचालक हरु संग मोटोरकम पैसाको चलखेल गरि परीक्षा केन्द्र परिवर्तन गरेको भन्दै सखुवानन्कारकट्टी गाउँपालिका श्री माध्यमिक विद्यालयका विद्यार्थीहरू विरोध प्रदर्शन र चक्का जाम गरेका छन् ।

विद्यार्थीहरू विरोधमा प्रदर्शन गर्दै पुर्व पछिम हुलाकी राजमार्गमा एक घण्टा सडक जामगरेका थियोे । एक सय दुई जना विद्यार्थीहरूमा ७५ जना छात्रा छन् । कसरी दिनहुँ २० किलोमिटर टाढा परीक्षा दिन जाने, अप्ठ्यारो परिस्थिति सृजना भएपछि चक्काजाम र आन्दोलनमा उत्रेका हौूँ,

एसइई परीक्षामा सहभागी हुने छात्रा पूजा यादवले भन्नुभयो, हामी अधिकांश छात्राहरू गरिब किसान परिवारका छौँ, हामीसँग टाढा परीक्षा केन्द्रसम्म जान सवारी साधन छैन ।

विगतका वर्षमा यस विद्यालयको परीक्षा केन्द्र सखुवानन्कारकट्टी-२ श्री मनेलाल जनता माध्यमिक विद्यालयमा हुँदा घरैबाट भ्याउँथ्यो । परीक्षाको मुखमा अपायक पर्ने विद्यालयमा परीक्षा केन्द्र तोकेपछि पढाई छाडेर आन्दोलन गर्नु परेको हो”, पूजा यादवसँगै विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीहरूले भन्नुभयो ।

उनिहरुले इकाई प्रमुख शशी यादब विरुद्ध विभिन्न नाराबाजी गर्दै  घुस खोर कुर्सी छाेर शशी चाेर जस्ता नारा बाजि गर्दै विद्यार्थीहरूले  सडकमा उत्रिएका थिए ।

बिरोधमा कक्षा-८ का विद्यार्थीहरूले गणित विषयको परीक्षा सडकमै दिएर विरोध जनाएको दृश्यहरू देखेर विद्यार्थीका अभिभावकहरू समेत परिहारपुर चोकमा आन्दोलनलाई साथ दिएका थिए  ।

अभिभावक सुमेश कुमार यादवले भन्नुभयो, “यत्रो टाढा परीक्षा केन्द्र किन र कुन नियतले गरेको हो यसबारे सम्बन्धित सरोकारवालाहरूले जवाफ नदिएसम्म र परीक्षा केन्द्र पायक पर्ने विद्यालयमा दिएन भने विद्यार्थीहरूलाई परीक्षाको तयारीमा लगाएर हामी

अभिभावकहरू आन्दोलन गरिरहने छौँ । २० किलोमिटर अपायक पर्ने ठाउँमा परीक्षा केन्द्र तोक्नुको कारण सेन्टर सेटिङगको लागि लेनदेन हो । विगतका वर्षमा पनि यस्तो हुन्थ्यो । यस वर्ष त प्रस्ट नै भयो । रकम दिएका विद्यालयहरूलाई रोजी रोजी परीक्षा केन्द्र दिएको छ । यसको छानबिन हुनु आवश्यक छ ।”

सखुवानन्कारकट्टी गाउँपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवका अनुसार नसोचेको ठाउँमा परीक्षा केन्द्र किन गरियो हामी पनि चिन्तित भएको भन्दै शिक्षा विकास समन्वय इकाई सिरहा प्रमुख शशी यादबले यस विषयमा हामीहरूसँग पनि कुनै सल्लाह नगरेको बताउनुभयो ।

विद्यार्थीहरूले चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले विद्यार्थी र अभिभाभावकहरुको समस्याको सामाधान गर्ने बताएका छन ।

यता इकाई प्रमुख शशी यादवले माध्यमिक शिक्षा परीक्षा एसइई सहज बनाउन र पाइक परेको परीक्षा केन्द्र परिवर्तन गर्न निजि बिद्यलय हरु संग मोटाे रकमको लिएको एक शिक्षकले बताए । प्रतेक निजि बिद्यालयले सेन्ट खर्च बपत तीन हजार देखि पाँच हजारको दरले रकम उठाइएका छन।

इकाई प्रमुख शशी यादवलाई पटक पटक शिक्षामन्त्रालयले सरुवा गरेपनी मन्त्रालयमा मोटाे रकम बुझाएर आफ्नो सरुवा रोकाउने गरेको इकाइ प्रमुख यादवका निकट मित्रले बताए । उहाका अनुसार प्रतेक सरुवाको पत्र रोकाउन दश देखि पन्द्र लाख रुपैयाँ मन्त्रालयमा बुझाउनु पर्छ सुनाए ।

इकाई प्रमुख यादवलाई सिरहामा निकै कमाउने ठाउँ भएकोले पटक पटक शिक्षा विकास समन्वय इकाई सिरहा नै रोजने गरेका छन । प्रमुख  यादवले जिल्ला अन्तर सरुवा जुनियर शिक्षककाे बढुवा बालबिकाश कोटामा हेर्फेर शिक्षक निउक्ती लगाइतमा मासिक लाखौं रुपैयाको चलखेल गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित