सिरहा, चैत १ । सेवाग्राहिसँग सहज पहुँच र सूचना आदानप्रदानमा सुलभताकै लागि सरकारले प्रत्यक कार्यालय प्रमुखहरुको लागि छुट्टै मोवाईल नम्वर नै उपलब्ध गराउँदै गराएको छ। तर, सिरहाको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शशी कुमार यादवले बोक्ने सरकारी नम्वर ९८५२८३१५१५ लगभग उठ्दैन।
उनीहरुको फोन सहजै नउठ्दा सेवाग्राहीले सास्ती झेल्नुपरेको बताउँ छन्। फोनबाट सोधेरै जानकारी लिन सकिने सूचना लिन पनि कार्यालय नै पुग्नुपर्ने बाध्यता रहेको एक विद्यालयका प्रधानाध्यापकले बताए। उनले भने, ‘कतिपय सूचनाहरु फोनबाटै बुझ्न सकिने भएपनि फोन नउठ्दा सास्ती खेप्नु परेको त छदैंछ, कार्यालय आई पुग्दा पनि उहाँलाई भेट्ने टुङ्गो नहुँदा झन समस्या हुने गरेको छ।’
सार्वजनिक सेवाका समर्पित सरकारी अड्डाको प्रमुखको फोन उठ्दैन, हामीले हाम्रा गुनासा कसलाई सुनाउने? अर्का सेवाग्राही शिक्षकले गुनासो पोखे। उनलेभने, ‘कार्यालयसँग सम्वन्धित हाम्रा धेरै कामहरु हुन्छन्, कतिपय फोनमा पनि गर्न सकिन्छ। तर, उहाँको फोन नउठ्ने र कार्यालयमा आउँदा पनि भेट्ने टुङ्गो नहुँदा हामीले सास्ती खेप्नु परेको छ।’ अन्यत्र सरुवा भएपनि पावर र पैसाको चल्खेलले पटक-पटक आफ्नो सरुवा रोका गराउन मन्त्रालय धाउने गरेका छन।
बालबिकाश काेटा र जिल्ला अन्तर सरुवामा मनोमानी रकम असुलेको आरोप छ । इकाई प्रमुख यादबले यहि चैत बाट सुरुहुन लागेको एस. ई.ई. परिक्षामा परिक्षा सहज बनाई दिन्छु भन्दै विभिन्न परक्षा केन्द्रबाट रकमको मग गरेका छन । गोलबजारमा एस. ई.ई. परिक्षा दिन आफुहरुलाइ तीन हजार रुपैया सेन्टखर्च बुझाउनुपर्ने नाम नखोल्ने सर्तमा विद्यार्थीले बताए । सिरहाका निजि बिद्यलय संचालक हरुले सबै विद्यार्थी हरुबाट तीन देखि पाँच हजार सम्म असुल्ने गरोको छ ।इकाइ प्रमुख यादब निजि बिद्यलयको निमतोमा रक्सि खान सिरहाबाट राती राती लहान पुगने गरेको छ।
आफुलाइ सिंगम ठान्ने इकाई प्रमुखको कहिले स्वीच अफ हुने र फोन चालु भएपनि नउठाउने उनीहरुको कथन छ। कार्यालय प्रमुख यादवको फोन नउठ्दा आफ्नै कार्यालयका कर्मचारी समेत हैरान हुने गरेकाछन्। कहिले काहिँ कार्यालय प्रमुखलाई सोधेर मात्र गर्नुपर्ने काम हुन्छ तर कार्यालय प्रमुखसँग भेट नहुने र फोन पनि नउठाउँदा कार्यालयको काम प्रभावित हुने गरेको कर्मचारीहरुको गुनासो छ।इकाई प्रमुख र सुचना अधिकारी दुबैजनाको मिलेमतोमा शिक्षा विकास तथा समन्वय इकाइ , सिरहाकामा आर्थिक अनियमितता हुने गरेको आरोप लाग्दै आएको छ।
जनताले लगाएको आर्थिक अनियमितताको बास्तविकता बुझ्न करिब एक महिना देखि सम्पर्क गर्न खोज्दा यादवँंग सम्पर्क हुन सकेन। उनीहरु दुवैजनाको फोन नउठ्ने र कार्यालयमा भेटन जाँदा भेटनै हुन सकेको छैन।
‘शिक्षा विकास तथा समन्वय इकाइ, सिरहा पुगेर इकाई प्रमुखसँग केही प्रश्न उठेकाछन् बास्तविकता बुझ्नु पर्ने छ। एक पटक प्रमुखलाई सम्पर्क गराई दिनु भन्दा कर्मचारीहरुले हाम्रो पनि फोन उठौदैन्न उहाँको चलन तेहिहो एक कर्मचारी भने।
सिरहा आएको यादव लाइ १ वर्ष भएको छ। उनी आएदेखि कर्मचारीसंगको समन्वयको अभावले कार्यालयको काम पनि प्रभावित हुने गरेको छ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको फोन नउठाउने गरेको विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा उनले फोन नउठ्नुको कारणबारे बुझेर बताउने बताए।
Discussion about this post