सिरहा । नेकपा एमालेका पुराना नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन भएको छ। सिरहाको सुखिपुर नगरपालिका ६ खरही टोलमा विसं २००० सालमा जन्मेका नेता यादवको आज आफ्नै निवास गोलबजारमा निधन भएको हो।
लामो समयदेखि विभिन्न रोगबाट पीडित यादव केही समय पहिलायता प्यारालाईसीसले थलिएका थिए। उनी छोरा बुहारीसँगै गोलबजार नगरपालिका ६ मा बस्दै आएको र आज अपराह्न निधन भएको नेकपा एमाले सिराहाका उपसचिवसमेत रहेका गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए।
उहाँ २०१६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएर अविछिन्न रूपमा पार्टीको काम गर्दै आउनु भएको थियो।पेसाले शिक्षक यादव २०४६ सालपछि शिक्षक पेसा छाडेर राजनीतिमा लाग्नुभएको हो।२०४८ र २०५१ मा तत्कालीन सिरहा–३ बाट प्रतिनिधि सभाकाका लागि नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएको थियो।
राजनीतिमा लागेर आफ्नो सम्पत्ति र जागिरसमेत गुमाउनु भएका यादवको २०३७ सालमा उहाँ तीन महिना जेल समेत पर्नुभएको थियो।
विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । सदस्यता लिएदेखि निरन्तर रूपमा कम्युनिस्ट पार्टीमै सक्रिय यादव २०७६ कात्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुख बनेका थिए। उनको आजै जन्मथलो सिरहाको सुखिपुरमा लगेको छ।
भोलि अन्तिम संस्कार गरिने गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए।
नगर प्रमुख श्रेष्ठका अनुसार बुधबार बिउसो १: बजे उहाँकाे जन्मथलो सुखिपुर नगरपालिका ६ खरही टोलमा अन्तिम श्रद्धाञ्जली दिन नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे आउने कार्यक्रम रहेको नेकपा एमाले सिराहाका उपसचिवसमेत रहेका श्रेष्ठले जानकारी दिए।श्रेष्ठले सामाजिक सञ्जालमा पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको निधनमा प्रती गहिरो दुः ख व्यक्त गरेका छन्।
Discussion about this post