पक्राउ परे पुष्पाका अभिनेता

हरियो पाटी

हरियो पाटी

539
SHARES
739
VIEWS

२६ मंसिर  हैदराबाद । पुष्पा फिल्ममा अल्लु अर्जुनको मिल्ने साथीको भूमिकामा देखिएका अभिनेता जगदीश प्रताप भंडारीलाई प्रहरीले समातेको छ । जुनिएर आर्टिष्टलाई उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

हैदराबादको पंजागुट्टा प्रहरी थानाका प्रहरीले १४ दिनका लागि उनलाई रिमान्डमा लिएका छन् । जगदीशमाथि एक जुनियर आर्टिष्टको निजी फोटो खिचेर राखेको अनि फोटो देखाएर धम्काएको आरोप छ । उत्पीडन सहन नसकेर ती जुनिएर आर्टिष्टले नोभेम्बर २९ मा आत्म हत्या गरेकी थिइन् ।

जगदीश हालैका दिनमा पुष्पा–२ को शूटिङमा व्यस्त थिए । फिल्मको दोस्रो पार्टमा पनि उनको ठूलै रोल छ । फिल्ममा उनी देखिन्छन् कि उनको रोल अरु कुनै अभिनेताले गर्छन् भन्ने प्रश्न यतिबेला उठेको छ ।

यस मामिलामा जगदीशको टोलीले कुनै प्रतिक्रिया दिएको छैन । आत्महत्या गर्ने युवति जगदीशको गर्लफ्रेन्ड भएको बताइएको छ । यस मामिलामा प्रहरीले छानबिन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित