सिन्धुलीबाट विराटनगरका समिम ब्राउन सुगरसहित पक्राउ

हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

शिवा यादब-

सिन्धुली- सिन्धुली प्रहरीले करिव दुईसय ग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले जिल्लाको कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टबाट विराटनगर ५ का ३४ वर्षिय महम्मद समसिरलाई १९५ ग्राम ५९० मिलिग्राम ब्राउन सुगरसहित आज अपरान्ह नियन्त्रणमा लिएको हो।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानका प्रमुख इन्सपेक्टर राजु के.सी.र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलिले विपीरामार्ग अन्तर्गत भिमान चेक पोष्टमा काठमाडौबाट राजबिराजतर्फ जाँदै गरेको बा ५ ख १९६७ नम्वरको हायस गाडीमा चेकिङको क्रममा उक्त पदार्थसहित समसिरलाई नियनन्त्रणमा लिएको सिन्धुली प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाडीको अन्तिम सिटमा सवार समसिरलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले लगाएको निलो रगंको जिन्स पाइन्टको अगाडी पट्टीको दाँया गोजीमा सेतो रङको २ वटा प्लास्टिकमा प्याकिङ गरी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन फेला परेको हो।

उक्त पदार्थ बरामद हुनाथ प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित