सिरहाको नरहाबाट नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

607
SHARES
832
VIEWS

सिरहा, साउन २० – सिरहाको नरहा गाउँपालिका-३ स्थित हिमालय चिनीमिल अगाडिबाट नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेहरू भारतको बिहार राज्य, मधुबनी जिल्लास्थित बेलही पञ्चायत पूर्वी टोल-३, छारापटी कमलाका २० वर्षीय ओम शंकर यादव, ऋषिनाथ र आकाश कुमार मण्डल रहेका छन्।

प्रहरीका अनुसार विशेष सुराकीका आधारमा जिल्ला प्रहरीको टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारेर जाँच गर्ने क्रममा नलकटुवा पेस्तोल फेला पारेपछि नियन्त्रणमा लिएको हो। उनिहरुको सबार भारतीय नम्बरको एक थान मोटरसाइ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनाएको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी बिरेन्द्र पासवानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित