परिवारसँगको विवादका कारण घर छाडेर हिँडेकी नेपाली युवती भारतमा बलात्कृत

हरियो पाटी

हरियो पाटी

536
SHARES
734
VIEWS

काठमाडौँ । परिवारसँग विवादका कारण घर छाडेर हिँडेकी एक नेपाली युवती भारतमा बलात्कृत भएकी छन् । सिलगुडी हुँदै पटना पुगेकी ती युवतीलाई एक बस चालकले दुई दिनसम्म बलात्कार गरेका हुन् ।

बस चालक भारतीय नागरिक रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पटना पुगेकी ती युवतीलाई आरोपित चालकले रोजगारीको प्रलोभन देखाएर आफूसँगै लगेका थिए ।

गान्धी मैदान बस स्ट्यान्ड नजिक रुँदै बसेको अवस्थामा फेला परेकी ती युवतीलाई पटनामा रहेका नेपाली समुदायले प्रहरी कार्यालयमा लगेर उजुरी दिन लगाएका छन् । पीडितको बयानका आधारमा प्रहरीले आरोपित चालकको खोजी गरिरहेको बताइएको छ ।

केही भारतीय सञ्चारमाध्यमले पीडित युवतीको घरमा सौतेनी आमाले कामका लागि निरन्तर दबाब दिएको र सोही कारण उनी घर छाडेर हिँडेको उल्लेख गरेका छन् । यद्यपि ती युवतीको नाम र ठेगाना भने खुलाइएको छैन । उनी चार दिन अघि घरबाट हिँडेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित