बाल एकता बोर्डिङ्गको सञ्चालक मृतक रुपेश सर्राफ र सुन तस्करी

हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

मंसिर २५ बारा । कलैयाको  बाल एकता बोर्डिङ्गको सञ्चालक तथा प्रधानाध्यापक  रुपेश सर्राफको २०८० कार्तिक १३ मा हत्या भयो । उनलाई  भारतीय सुटरहरुले गोली हानी हत्या गरेका थिए । रुपेश सर्राफको हत्या भएपछि कलैया बजार आन्दोलित भयो । हरेक राजनैतिक दलको नेताले समवेदना जनाउँदै प्रहरी प्रशासन प्रति उपेक्षा गरे । हत्या भएको ३ घण्टा भित्रै प्रहरीले विद्यालयको पूर्वकर्मचारी राधा गुप्तालाई पक्राउ गरेको थियो । त्यसपछि  विद्यालयमा कार्यरत २ कर्मचारी रियाज अंसारी र जमिल अख्तर  पक्राउ परे । तर, यो पक्राउमा शंका उत्पन्न भयो । कलैयामा स्थानीय नेता र विद्यालय संगठनले प्रहरी अनुसन्धान प्रति शंका गरे । यस बारे प्रदेश र राजधानीका मन्त्री समक्ष गुनासो गरे । अहिले यो मुद्धाले नयाँ मोड लिएको छ ।

मृतक रुपेश सर्राफ र सुन तस्करीः
विवाहित २ सन्तानका पिता रुपेश सर्राफ र उनका दाजु सुबोध सर्राफ कम्प्यूटर इन्स्टिच्यूट संचालन गर्ने गरेका थिए । परिवारका अन्य सदस्य सुन चाँदीको कारोवारमा थिए ।  विगत १२ वर्ष देखि कलैया सुन तस्करीको केन्द्रको रुपमा  थियो । बारा सुन चादी व्यवसायी संघको अध्यक्ष शिव प्रसाद सोनार अझै पनि ६० किलो सुन मुद्दामा काठमाण्डौ जेलमा छन् ।  सोही मुद्दामा कलैयाका भोला साह सोनार फरार छन । कलैयाको प्रहरी प्रशासन मिलाउने कार्य नेपाली कांग्रेसका पूर्व वडा अध्यक्ष हरिओम साह सोनारले गर्ने गरेका थिए । ६० किलो सुन छानविन हुँदा हरि ओम साह सोनार भूमिगत भएका थिए ।

सुबोध सर्राफ र रुपेश सर्राफ विद्यालय परिसरमा नै भारतीय व्यापारीसँग सुनको डिल गर्ने तथा भारतसम्म सुन डेलिबरी गर्ने गरेका थिए । सरकारी वकीलले मुद्दाको अनुसन्धानमा सुबोध सर्राफ समेतको संलग्नता देखेपछि विद्यालय परिसरको सि.सि. क्यामराको विवरण मागेको थियो । सुबोध सर्राफले सि.सि. क्यामराको विवरण दिएनन । सरकारी वकीलले मृतकको मोवाइल फोन अनुसन्धान गर्न निर्देशन दिए पछि प्रहरीले रुपेश सर्राफको मोवाइल सुबोध सर्राफसँग माग्यो । हाल सम्मको प्रहरी अुसन्धानबाट मृतक रुपेश सर्राफको मोवाइलबाट सुनको कारोवारको मात्रा र कारोवारी एकिन हुने ठम्याई छ । प्रहरीको अनुसन्धानबाट कलैयामा सुन तस्करीमा सामेल व्यवसायीहरु आतंकित छन् ।

रुपेशको यौन लिलाः
बाराको मटिअर्वा गाउँबाट आएकी राधा गुप्तालाई सुन्दरताको कारण सुबोध सर्राफले लेखा शाखामा सहयोगीको रुपमा नियूक्ति दिएका थिए । रुपेश सर्राफले विद्यालयको २५ वर्ष मुनीका शिक्षिका एवं कर्मचारीसँग अश्लील व्यवहार गर्ने गरेका थिए । राधा गुप्ताको सरलता र यौवनमा मुग्ध रुपेशले राधालाई ब्ल्याक मेलिङ्ग गर्नुको साथै अन्य व्यक्तिसंग समेत यौन संसर्ग गर्न  बाध्य गरेको प्रमाण प्रहरीले फेला पारेको समाचार स्रोत बताउँछ ।  आफूले संरक्षण दिनु पर्ने नारिको यौवन लुछ्ने हेड सर भनिने रुपेश सर्राफको यौन लिला बारेमा स्थानीय  मौन बस्नु रहस्यमय देखिन्छ ।

आन्दोलन र धर्नाः
रुपेश सर्राफको वास्तविकता बारेमा प्रहरीको पत्रकार सम्मेलन बाट जनता अवगत भए पछि जनताको आन्दोलन रोकिएको छ । प्रहरीको अनुसन्धान हत्या तर्फ पूर्ण भई हत्याको लागि प्रयोग भएको ४ सुटर र २ सहयोगीको खर्च उठाउने लगानीकर्ताको अनुसन्धान तर्फ मोडिएको छ । नेपाल भारत सिमामा सुन तथा अवैध हतियार तस्करीमा भारतिय सुरक्षा एजेन्सीको पनि चासो बढेको छ । सुन तस्करी र हत्यामा लगानी गर्ने व्यक्ति तर्फ अनुसन्धान अवरुद्ध गर्न सिमित व्यत्तिःको धर्ना समेत चलि रहेको छ ।

विद्यालयको अवस्थाः
मुद्दाको अनुसन्धान प्रतिवेदन करिव १ लाख पन्नाको हुने बताईन्छ । रुपेश सर्राफ देखि सुबोध सर्राफले विद्यालयको कर्मचारी शिक्षिकालाई दुरुपयोग गरेको तथ्य अदालतमा पेश हुने विवरणमा सार्वजनिक हुने हुनाले हाल विद्यालयको कर्मचारी नोकरी छोड्ने मानशिकतामा रहेका छन् ।  विद्यालय जस्तो पवित्र स्थलमा यौन लिला र तस्करी गराउने संचालकको चरित्रले आफ्नो सन्तान जोगाउन अभिभावकहरु शैक्षिक शत्र समाप्तीको प्रतिक्षामा रहेको बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित