मंसिर २३ सिरहा। सिरहाको औरही गाउपालिका २ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव रहेकाे जिल्ला प्रहरी कार्यलय सिरहाले जनाए छ ।
ट्र्याक्टरको ईन्जिनमा च्याम्पिएर उनी दुवै जनाको घटना स्थलमानै मृत्यु भएको स्थानीय श्याम यादवले जानकारी दिए । उनका अनुसार ट्र्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् ।
दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए । ।
Discussion about this post