धनुषामा मोटरसाइकल दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  शनिबार साँझ करिब साढे ८ बजेको समयमा जनकपुर–ढल्केवर  सडकखण्ड अन्तर्गत लक्ष्मिनिया गाउँपालिका ४ सपहिमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय सत्य साह र ४५ वर्षीय राम एकवाल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले  जानकारी दिए । महेन्द्रनगरबाट जनकपुरतर्फ गइरहेको ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार अर्का एकजनाको मृत्यु भएको डिएसपी गौतमले बताए ।  सपहीको जानकी पोल इण्डस्ट्रीज अगाडि ज १० प ६४२९ नम्बरको मोटरसाइकल  र  ज १प ४५५२  नम्बरको ट्याक्टर ठोक्किएको प्रहरीको भनाई छ ।दुर्घटनालगत्तै ट्याक्टर चालक फरार भएका छन् । फरार ट्याक्टर चालकको पहिचान भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। राताेपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित