राष्ट्रपति चुनावकामा भोलिदेखि आचारसंहिता लागू हुने

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

काठमाण्डाै – राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलि १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो ।

फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । यो आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र पालिकाका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागू हुनेछ ।

संवैधानिक व्यवस्थामा राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि सङ्घीय संसदमा अहिले कायम रहेका ३३२ र प्रदेश सभाका ५५० गरी कुल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहनेछ । स्वीकृत कार्यक्रम अनुसार राष्ट्रपतिका लागि फागुन १३ गते उम्मेदवारीको मनोनयन दर्ता भइसकेको छ ।

आज दिउँसो ४ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगले निर्वाचन आचारसंहिताको पालना गर्न पनि सबै पक्षलाई आग्रह गरेको छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित