भारतका विदेश सचिव क्वात्रा नेपाल आउँदै

Picture of हरियो पाटी

हरियो पाटी

526
SHARES
720
VIEWS

माघ २७, २०७९

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा आगामी सोमवार दुई दिने भ्रमणका लागि नेपाल आउनु हुने भएको छ । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा विदेश सचिव क्वात्रा नेपाल आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणलाई दुई दुई देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरताका रुपमा लिइएको छ । भ्रमण नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ र प्रगाढ बनाउने अवसर हुने पनि बताइएको छ । विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आगामी भारत भ्रमणका लागि निमन्त्रणा समेत दिने जनाइएको छ । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित