सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

537
SHARES
736
VIEWS

असोज ३ सिरहा । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
सिरहा नगरपालिका–१९ का ३५ वर्षीय संजय यादवको खेतमा पानी पटाउने क्रममा मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार मोटर चलाउने क्रममा करेन्ट लागेका यादवको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख वासुदेव पाठकले पुष्टि गरेका छन्।

मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित