चिसो छल्न गाउँपालिका द्वारा दाउरा वितरण

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

बद्री नारायण यादव
सिरहा,२२ पुस । हावासँगै बढ्दो चिसो छल्न बरियारपट्टी गाउँपालिकाले दाउरा वितरण गरेका छन् । पालिकाको ५ वटै वडाका चौक तथा विभिन्न बस्तीको सार्वजनकि स्थानहरुमा चिसो छल्न दाउरा वितरण गरेको हो ।
कार्यपालिकाको नीति अनुरुप बरियारपट्टी चौक, जानकीनगर चौक, कचनारी, तेनुवाँपट्टी चौक, सोहपुर, बलुवा चौक तथा पालिकाभित्र अन्य सार्वजनिक स्थानहरुमा सय क्यून्टल भन्दा बढि दाउरा वितरण गरिएको जनाइएको छ । श्री शेर गण चोहर्वा सिरहाका प्रमुख सेनानी सुमन थापा सहयोग र गापाको आर्थिक प्रशासन शाखाका प्रमुख विजय कुमार ठाकुरको समन्वयमा दाउरा वितरण गरिएको कर्मचारी श्रोतले बताए ।
‘बढ्दो चिसोलाई ध्यानमा राखेर तत्कालका लागि पालिकाको ठाउँ–ठाउँमा दाउरा व्यवस्थापन गरिएको छ,’ बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले भने,‘आउने केही दिनभित्र चिसो छल्न थप व्यवस्थाका लागि भरपुर प्रयासहरु गरिने छन् ।’ महिला, बालबालिका, जेष्ठ नागरिक तथा शारिरिक रुपमा अशक्त भएका व्यक्तिहरु लक्षित गरी कार्यहरु गर्नुपर्ने भएकाले त्यस तर्फ पनि पालिकाको ध्यान रहेको उनले थपे ।

गाउँपालिकाभित्रका बासिन्दालाई विपद् व्यवस्थापन तथा चिसो छल्न आवश्यक पर्ने कार्यहरु गर्नका लागि कार्यपालिकाले दिनुपर्ने सुझाव र साथ पाइरहेकाले आउने केही दिनभित्र चिसो छल्न थप व्यवस्था गर्न सहज हुने उनले दाबी गरेका छन् । विषेशगरी विपन्न दलित तथा आर्थिक रुपले पछि परेका समुदायलाई लक्षित गरेर चिसो छल्न सहज हुने गरी कार्यहरु गरिने गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवले बताइन् ।
‘चिसो छल्न पालिकाले गर्नुपर्ने कार्यहरु गर्न पछि पर्दैन्,’बरियारपट्टी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजगीर महतोले भने,‘विपद्को घडीलाई ध्यानमा राखेर व्यक्तिले पनि सर्तकता अपनाउन जरुरी छ ।’ चिसो छल्न स्वास्थ्यकर्मीहरुको सल्लाहलाई व्यवहारमा लागु गर्न सबैसँग उनले आग्रह गरे ।
कार्यपालिकाले चिसो छल्न गर्ने हरेक निर्णयलाई कार्यान्वयनमा सहजताका लागि खेल्नुपर्ने भुमिका खेल्न तयार रहेको लेखा प्रमुख विजय कुमार ठाकुरले बताए । दाउरा उपलब्ध गराउने श्री शेर गण चोहर्वाका प्रमुख सेनानी सुमन थापा र दाउरा वितरण कार्यमा सहयोगकारी भुमिका निर्वाह गरेका स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरी लाई उनले धन्यवाद समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित