गोलबजार नगरपालिकाको भ्रमक समाचारप्रति आपत्ति जनाउँदै प्रष्टिकरण जारी

Picture of हरियो पाटी

हरियो पाटी

549
SHARES
752
VIEWS
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 37;

सिरहा, २१ असोज। गोलबजार नगरपालिकाले पछिल्लो समय सामाजिक सञ्जालका केही पेजहरूबाट प्रचारित भएका समाचारहरूलाई निराधार र तथ्यहीन भन्दै औपचारिक प्रष्टिकरण जारी गरेको छ।

नगर कार्यपालिकाको कार्यालय, गोलबजारले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै फेसबुक पेज र ‘दवानल’ फेसबुक पेजमा प्रकाशित भिडियो र समाचारहरू भ्रम फैलाउने उद्देश्यले तयार पारिएको जनाएको छ।

विज्ञप्तिमा उल्लेख अनुसार फेसबुक पेजले २०८२ असोज १८ गते प्रकाशित गरेको ‘गोलबजार नगरपालिका वडा नं. २ खेलग्राममा भौतिक संरचना निर्माणमा ४० लाख खर्च भएको’ भन्ने समाचार पूर्ण रूपमा निराधार र तथ्यहीन भएको  उलेख गरेको छ।

उक्त योजना गोलबजार नगरपालिकाको नभई मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गतको योजना भएको नगरपालिकाले स्पष्ट पारेको छ।
असोज २० गते प्रकाशित ‘गोलबजार वडा नं. ६ मा पोखरी निर्माणमा नगरपालिकाको खर्च भएको’ भन्ने दाबी पनि असत्य भएको नगरपालिकाको विज्ञप्तिमा भनिएको छ, सो पोखरी वडा नं. ४ स्थित श्री जनता माध्यमिक विद्यालय, गोलबजारको जग्गामा विद्यालयले नै खेलमैदान मर्मतका लागि खनेको र उक्त कार्यमा नगरपालिकाबाट कुनै रकम विनियोजन नभएको नगरपालिकाले जनाइएको छ।

छठ पर्वको तयारीका लागि नगरपालिका पक्षबाट केवल बोर्डिङ जडान गरिएको नगरपालिकाले उल्लेख गरेको छ।
यहि असोज २१ गते फेसबुक पेजमा प्रकाशित ‘प्रशासकीय भवन निर्माणका लागि विभिन्न वडाको बजेट कटौती गरी ५ करोड ९७ लाख विनियोजन भएको’ भन्ने समाचार पनि पूर्ण रूपमा गलत भएको पालिकाले स्पष्ट पारेको छ।

विज्ञप्तिअनुसार, प्रशासकीय भवनका लागि नगरपालिकाको आन्तरिक स्रोतबाट ४ करोड ९७ लाख रुपैयाँ मात्र विनियोजन गरिएको र निर्माण व्यवसायीलाई हालसम्म ४८ लाख रुपैयाँ मात्र भुक्तानी गरिएको हो। नगरपालिकाले कुनै पनि वडाको योजना कटौती गरेर उक्त भवनमा रकम सारेको छैन भन्ने पनि जनाएको छ।

नगर प्रवक्ता सञ्जित लामाले जारी गरेको विज्ञप्तिमा, यस्ता किसिमका भ्रम फैलाउने र जनतामा गलत बुझाइ सिर्जना गर्ने समाचार नगर्न/गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित