केन्द्रीय सचिव बिपी साहसहित सात जना नेताको निलम्बन फुकुवा

Picture of हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

काठमाडौं – जनमत पार्टीले केन्द्रीय सचिव बिपी साहसहित सात जना नेताको निलम्बन फुकुवा गरेको छ।केन्द्रीय अनुशासन समितिका निर्णय अनुसार तीन महिना गरिएको निलम्बन फुकुवा भएको जनमत पार्टीले जानकारी दिएको छ।

निलम्बन गरिएका नेता–कार्यकर्ताको अनुशासनमा सुधार देखाएकोले सोमबारदेखि लागू हुने गरी निलम्बन फुकुवा गरिएको जनमतले बताएको छ।

केन्द्रीय सचिव विशेश्वर प्रसाद (बिपी) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साह, विद्यार्थी संगठनका पूर्व सिराहा जिल्ला अध्यक्ष अरबिन्द सहनी, साधारण सदस्य धिरज कामती, अनिताकुमारी यादव, दीपनारायण यादवको निलम्बन फुकुवा भएको हो।उनीहरू गत असार २० गते निलम्बनमा परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित