गाँजासहित रौतहटबाट साधु पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

रौतहट । रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गतको गाउँबाट लागू औषधसहित एक जना साधु पक्राउ परेका छन् । देवाही गाेनाही नगरपालिका-९ धरहरी राम जानकी मठमा बस्दै आएका साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन्।मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचना अनुसार इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको टोलीले गएराति चेकजाँच गर्दा लुकाई राखेको अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा  बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।लगत्तै साधु यादवलाई गाँजा सहित नियन्त्रणमा लिएको गिरीले जानकारी दिइन् ।

यादव हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन् भने निजमाथि लागु औषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित