चोहर्वामा भएको मटका फोडमा दिनानाथ दिनाभदी प्रथम

Picture of हरियो पाटी

हरियो पाटी

524
SHARES
718
VIEWS

सिरहा,१० भदौ। सिरहाको गोलबजार नगरपालिका ८ पुरानो चोहर्वाबजारमा कृष्ण जन्म अस्ठमिको अवसरमा मटका फोड कार्यक्रम सम्पन्न भएको छ।

मटका फोड कार्यक्रममा दिनानाथ दिनाभर्दी टिम धर्मपुरले ३७ सकेन्डमा मटका फोडेर प्रथम भएको छ। तेसैगरी  दशैमहाजटोल संजय रायको टिमले ४४ सकेन्डमा र गोबिन्दपुर टिमले एक मिनट ३० सकेन्डमा मटका फोरेर दोस्रो र तेस्रो स्थान प्राप्त गरेको मेला संयोजक समितिले  जनाएको छ ।

आयोजकले प्रथम हुने टिमलाइ २१ हजार, दोस्रो र तेस्रो हुने टिमलाई १५ र ११ हजार नगद सहित शिल्ड र मेडल प्रदान गरिएको छ। मटकाफोर कार्यक्रममा जम्मा ६ वटाटिम सहभागी रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अथिती मधेश प्रदेशका सांसद मनोज कुमार सिंह, विशिस्ट अथिती गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र महतो, नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादब, जिल्ला इँटा उद्योग व्यसायी संघ सिरहाका अध्यक्ष कृष्णा सिंह लगायतकाकाे उपस्थिती रहेको थियो।कार्यक्रम संचालन नेकपा माओबादीका नेता जीवन यादबले गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित