विद्युुत प्राधिकरण विरुद्ध चोहर्वामा सडकजाम

Picture of हरियो पाटी

हरियो पाटी

542
SHARES
743
VIEWS
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

साउन २३ सिरहा – सिरहाकाे चोहर्वामा स्थानीयले सडक जाम गरि विद्युत प्राधिकरणका प्रमुख विरुद्ध नाराबाजी गरेका छन । गोलबजार नगरपालिका वडा नम्वर ७, ८ र १० लगायतका बस्तिहरुमा चारदिन देखि विद्युत अवरुद्ध हुँदा पनि विद्युत प्राधिकरणका कर्मचारीहरुले वास्ता नगरेको भन्दै बाध्य भएर चक्काजाम गर्नु परेको स्थानिय किशोरी यादबले बताए। यादबले भने, ‘बस्तिहरुमा विद्युत अवरुद्ध हुँदा गोलबजार र मिर्चैया शाखाका कर्मचारी र प्रमुख लाई पटक–पटक जान्कारी गराउदा पनि वास्ता गरेननर। हामी माध्य भएर सडकमा आउनु पर्यो।’

विना सूचना विद्युत अवरुद्ध हुँदा खाना पकाउन, पीउने पानी भर्न, साना–साना बालबालिकालाई साँझ गरि लेख पढ गर्न, गर्मीका घरमा बस्न सुत्न समेत समस्या भइरहेको स्थानिय युबा सुरेश मण्डलले बताए।

मण्डलले भने, ‘बत्ती नहुदा मानिसहरु रातभर जाग्रम बस्नु परेको छ। चारदिनले नुहाउन समेत समस्या भएको छ। तर विद्युतका कर्मचारीहरु लाई पटक–पटक फोन मार्फत जान्कारी गराउदाँ पनि केही सुनवाइ गरिरहेको छैन। विवश भएर सडकको सहारा लिनु परेको छ।’

स्थानीय भोलि बुधबार विहान ८ बजे सम्म अवरुद्ध विद्युत आपुर्तिकोलागि पहल गर्ने इलाका प्रहरी कार्यलय गोलबजारको प्रतिवद्धतापछि अवरुद्ध सडक खोलिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित