नगरहा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भवे झा र लेखापाल सुरेश कुमार कुशियैत विरुद्ध विशेष अदालतमा मुद्दा दायर

Picture of हरियो पाटी

हरियो पाटी

528
SHARES
723
VIEWS

सिरहा, २५ असार। सिरहाको नगरहा गाउँ पालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भवे कुमार झा र लेखापाल सुरेश कुमार कुशियैत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अधिकृत र लेखापालद्वयलाई औषधि खरिदमा भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

गाउँपालिकास्थित स्वास्थ्य चौकीहरूको लागि औषधि खरिद गर्न आव २०७४/०७५ मा विनियोजित रकमबाट ५७ प्रकारका औषधिजन्य मालसामानहरूको नियम विपरित भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन विना नै आपूर्तिकर्ता नमोभकड इन्टयनकशनरले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम भुक्तानी गरी ६ लाख २० हजार ९६ रुपैया अनियसमितता गरेको आरोप छ।

सो रकम बराबरको औषधीजन्य मालसामान वितरण नगरी नगराई हानिनोक्सानी गरे/गराएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५७ को दफा १७ बमोजिमको कसुरमा ६ लाख २० हजार ९६ रुपैयाँ विगो कायम गरीएको अख्तियार प्रवक्ता नरहरी घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित