पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक पठाइए थुनामा

Picture of हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

काठमाडौँ- पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई पुर्पक्षका लागि थुनामा पठाइएको हो।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा मंगलबार भएको थुनछेक बहसपछि उनलाई थुनामा पठाउने आदेश भएको हो।

मोटो रकम लिएर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोप उनीमाथि छ।

थापाविरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ।

यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ।

उनी काठमाडौँको नक्सालस्थित नीलगिरि होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोगपत्रमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित