गोलबजार मेयर गोल्डकपकाे आजको खेलमा झापा बिजय

Picture of हरियो पाटी

हरियो पाटी

550
SHARES
754
VIEWS

सिरहा, १९ चैत। गाेलबजार बागमती युवा क्लव सर्लाहीलाई पछिपार्दै चात्या सा स्पोर्टस क्लव झापा गोलबजार मेयर गोल्डकपको फईनलमा प्रवेश गरेको छ। गोलबजार २ गुरुधाम खेल ग्राममा सोमबार भएको सेमी फाईनल खेलमा बागमतीलाई सून्यको विरुद्ध एक गोल गर्दै चात्या सा स्पोर्टस क्लव झापा फाइनल प्रवेश गरेको हो।

खेलको ६१ औं मिनटमा पाएको पेनाल्टिलाई झापाका जर्सि नम्वर ११का जय गुरुङ्गले गोलमा परिणत गरेका थिए। प्रतिस्पर्धा पूर्ण रहेको खेलमा सोही गोलले झापालाई फाईनल प्रवेश गराएको अखिल नेपाल फूटवल संघका जिल्ला सदस्य दिनेश श्रेष्ठले जानकारी दिए।

आजको खेलमा म्यान अफ दी म्याज झापाका गोल किपर आईश गुरुङ्ग घोषित भएका छन। उनलाई गोलबजार नगरपालिका १ का वडा अध्यक्ष देव वहादुर थापाले पुरस्कार प्रदान गर्दै सम्मान गरेका थिए।

भाेलिकाे खेल गुरुधाम फूटवल क्लव, सिरहा र मुनाल फूटवल क्लव विराटनगरबिच हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख ५१ हरजार र दोस्रो हुने टिमले दुई लाख एक हजार नगदसहित ट्रफि प्राप्त गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित