सिरहाकाे विष्णुपुरमा स्वास्थ्य सेवा केन्द्रकाे भवन सिलान्यास

हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

सिरहा, विष्णुपुर – मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट विनियोजित बजेटबाट विष्णुपुर गाउँपालिका-३ मा निर्माण हुने आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवनको सिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

सो कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहज रहनु भएको थियो। कार्यक्रमको विशेष उपस्थितिमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवज्यू, वडा नं. ३ का वडा अध्यक्ष, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

सिलान्यास समारोहमा मन्तव्य राख्दै मन्त्री सिंहले प्रदेश सरकारले ग्रामीण भेगका जनताको स्वास्थ्य पहुँच सुनिश्चित गर्न प्राथमिकताका साथ आधारभूत स्वास्थ्य पूर्वाधारको विकास गरिरहेको उल्लेख गर्नुभयो। उहाँले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न सरोकारवालालाई आग्रह गर्नुभयो।

गाउँपालिकाका अध्यक्ष यादवले स्वास्थ्य भवनको निर्माणपछि स्थानीय बासिन्दाले आवश्यक सेवा नजिकै पाउने विश्वास व्यक्त गर्दै स्वास्थ्य सेवा सहज, गुणस्तरीय र सर्वसुलभ हुनेमा जोड दिनुभयो।

उक्त भवनको निर्माणले स्थानीय समुदायमा स्वास्थ्य सुविधा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित