सिराहा, गोलबजार नगरपालिका-९ स्थित पुर्व पछिम राजमार्गको गोबिन्द्पुरमा चौहर्वाबाट मिर्चैयातर्फ आउँदै गरेको प्र.२-०१-००१ क ०१७१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-९ गोबिन्दपुर बस्ने महोत्तरी गौशाला नगरपालिका-११ घर भएका ६० वर्षीय हासिम मिया सेखको मृत्यु भएको छ । टिपरले मंगलबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको स्थानीय प्रहरिले जनाएको छ ।


















Discussion about this post